ad ad

कोशी


मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामबारे शेरधनले जारी गरे श्वेतपत्र

मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामबारे शेरधनले जारी गरे श्वेतपत्र

फाइल फोटाे


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १४:३५, भोजपुर

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन्।

आज भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर उक्त श्वेत पत्र सार्वजनिक गरेका हुन्। ३ वर्ष ६ महिना ७ दिन प्रदेश नं १ को संस्थापक मुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताए।

श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरु र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ। राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त भएका थिए।

२०७८ भदौ १० गते राईले राजीनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।

त्यस्तै प्रदेश सभा तर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .