काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहको नेतृत्वमा आज बिहान काठमाडौंमा ‘यमबुद्ध शान्ति दौड’ आयोजना गरेको छ।
यमबुद्ध फाउन्डेसनले आयोजना गरेको ‘यमबुद्ध शान्ति दौड’का लागि शनिबार बिहान ६ बजे नयाँ बानेश्वरमा युवा, विद्यार्थी एवं संगीतप्रेमीहरुको भेला हुने जनाइएको छ।
नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत हुने फाउन्डेसनले जनाएको छ ।
शान्ति दौडमा मेयर बालेन्द्रसहित खेलकूद तथा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने फाउन्डेसनले जनाएको छ । सहभागीहरुले स्व। र्यापर यमबुद्ध ९अनिल अधिकारी०को तस्बिर अंकित टी–सर्ट लगाउनेछन् ।
याे पनि :
काठमाडौंको सडकमा शनिबार केपी ओली र बालेन्द्रको जम्काभेट हुने
144
Shares

प्रतिक्रिया