ad ad

राजनीति


फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने हर्क साम्पाङको चेतावनी

भन्छन्–पत्ता लगाएर जेल हाल्न नपरोस्
फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने हर्क साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ।


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १०:१६, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन्।

उनले मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिँदै देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन्। 

विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काठमाडौंको फोहोरको बारेमा आलोचना गरेको भन्दै हर्कविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज बढ्न थालेको छ। त्यसप्रति टिप्पणी गर्दै साम्पाङले यस्तो चेतावनी दिएका हुन्। 

‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ,’ मेयर साम्पाङले अघि भनेका छन्, ‘अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु!’

मेयर साम्पाङ सामाजिक सञ्जालमा सक्रिय छन्।

दैनिक आफ्ना गतिविधि सामाजिक सञ्जालबाट दिइरहेका साम्पाङले यसअघि काठमाडौं आउँदा फोहोर नउठेको विषयमा ब्यंग्य गरिरहेका हुन्छन्। 

आफैंले काठमाडौंको कुहिएर गन्हाएको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनेपछि फेसबुक वार सुरु भएको उनले बताएका छन्। 

‘मैले काठमाडौंको कुहिएर गन्हाइराको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनें,’ उनले प्रष्टिकरण दिँदै भनेका छन्, ‘सुनको थुप्रो भनिँन  त्यसैले शुरु भयो फेस्बुकवार’ सत्य बोल्दा यस्तै हुन्छ हाम्रो देशमा तर अन्ततः जीत सत्यकै हुन्छ!’

साम्पाण्ले तर्क सहितको विरोध र बसहलाई धन्यवाद दिँदै आएको तर तल्लो स्तरको शब्द प्रयोग गरे गालि गर्ने छुट कसैलाई नभएको बताउँदै ‘पत्ता लगाएर जेल हाल्न नपरोस्’ भन्दै चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .