ad ad

कोशी


‘सय दिनमा के गरिस् तैंले’ भन्नेलाई मेयर हर्क साम्पाङको उत्तर

‘सय दिनमा के गरिस् तैंले’ भन्नेलाई मेयर हर्क साम्पाङको उत्तर

नेपालखबर
भदौ २, २०७९ बिहिबार ७:५४, काठमाडौँ

सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफू पदमा आएपछिका सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।

उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रश्न गर्नेहरूलाई उत्तर भन्दै सय दिनमा आफूले गरेका काम १३ बुँदामा प्रस्तुत गरेका हुन्। 

साम्पाङले लेखेका छन्– १०० दिनमा के गरिस् तैंले भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर :

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें

२. ४ ठाउँबाट खानेपानीको मूहान थपें

​३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ

​४. ६ लाख विरुवा रोपेँ

​५. सरसफाइमा देखिने सुधार ल्याएँ

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेँ

​८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद् व्यवस्थापन

९. लागु औषध विरुद्धको अभियान शुरु गरें

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ

११. पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ

१२. पालिकाका सेवामा तीब्रता र प्रस्टता ल्याइदिएँ

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .