ad ad

कोशी


धरानका मेयर हर्क साम्पाङको राजीनामा मागियो

धरानका मेयर हर्क साम्पाङको राजीनामा मागियो

फाइल तस्बिर : हर्क साम्पाङ


नेपालखबर
भदौ १३, २०७९ सोमबार ११:१८, विराटनगर

सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ। 

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्। 

मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप संगठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ। केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए। 

‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ। 

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ। 

मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .