ad ad

राजनीति


अमेरिकाले भन्योः मध्यपूर्वमा सेना पठाउन लागेका छैनौँ

अमेरिकाले भन्योः मध्यपूर्वमा सेना पठाउन लागेका छैनौँ

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ८:६,

अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मध्यपूर्वमा अमेरिकाले कम्तीमा पनि १४ हजार सैनिक पठाउन लागेको भनी आएको समाचार सत्य नभएको बताएको छ।

उक्त समाचार सत्य नभएको भन्दै अमेरिकाले ती सेना मध्यपूर्वमा पठाउन नलागेको जनाएको छ। इरान विरुद्धको संघर्षका लागि अमेरिकाले ती सेना पठाउन लागेको भनी समाचार आएको थियो।

पेन्टागनका प्रवक्ता अलिसा फराहले उक्त समाचारको खण्डन गरेका हुन्। उनले समाचारमा आएजस्तै अमेरिकाले त्यति ठूलो संख्यामा सेना मध्यपूर्वमा पठाउने विषयमा कुनै पनि तयारी नगरेको बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘त्यो रिपोर्टिङ गलत छ, हामीले त्यहाँ सेना पठाउन लागेका छैनौँ।’

अमेरिकाको पत्रिका वाल स्ट्रिट जर्नलले बुधबारको आफ्नो अंकमा सो समाचार लेखेको थियो। उक्त समाचारमा अमेरिकाले इरानसँग लड्नका लागि ती सेना पठाउने तयारी गरेको लेखेको थियो।

ट्रम्प प्रशासनले सो तयारी गरिरहेको र ती सेना मध्यपूर्वमा पठाउने बारेमा निर्णय भइसकेको भनी सो पत्रिकाले समाचार लेखेको थियो।

सो पत्रिकाले लेखेको समाचार गलत भएको भन्दै पेन्टागनका प्रवक्ता फराहले आफ्नो ट्वीटमा अमेरिकी रक्षा मन्त्रालयको आधिकारिक भनाई भन्दै सो जानकारी गराएका थिए।

यसका साथै उनले आफ्नो ट्वीटमा अमेरिकाले इराकमा सेना पठाउने तयारी भने गरेको जानकारी दिएका छन्।

अमेरिकी सिनेटर जस हलीले पनि यस समाचारको सत्यता के थियो भनेर अमेरिकी सरकारमाथि प्रश्न गरेका थिए। राससरसिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .