ad ad

राजनीति


हाम्रो भूमि चाँडै फिर्ता गर्छौः खनाल

हाम्रो भूमि चाँडै फिर्ता गर्छौः  खनाल

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ७:४५,

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन्।

इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न नदिइने बताए। पूर्व प्रधानमन्त्री समेत रहेका खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए।

सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उनको भनाइ थियो। उनले लिम्पियाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए। उनले भने, ‘राष्ट्रियताको सवालमा सबैको एकै आवाज छ, हामी हाम्रो भूमि चाँडै फिर्ता गर्छौ’, उनले भने।

पर्यटन वर्षको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सूर्योदय नगरपालिकालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव सम्पन्न भएको छ।

गत मंसिर १४ गतेबाट सञ्चालित महोत्सव १८ गते सम्पन्न भएको हो। स्थानीयवासीले उत्पादन गरेका वस्तु महोत्सवमा राखेका थिए। साथै पर्यटकीय क्षेत्रमा सांकृतिक कार्यक्रमको आयोजना गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .