ad ad

समाज


सामूहिक बलात्कार पीडित युवतीलाई धरौटीमा छुटेका आरोपितले लगाए आगो

सामूहिक बलात्कार पीडित युवतीलाई धरौटीमा छुटेका आरोपितले लगाए आगो

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ८:१२,

भारतमा सामूहिक बलात्कारबाट पीडित एक महिलालाई धरौटीमा छुटेका आरोपितहरुको समूहले आगो लगाएको छ।

उत्तरप्रदेश राज्यस्थित उन्नावमा २० वर्षीया युवतीमाथि गत मार्चमा पाँच जनाको समूहले बलात्कार गरेको थियो।

अदालतबाट धरौटीमा छुटेका ती आरोपितहरुले बिहीबार न्यायका लागि अदालत धाइरहेकी तिनै पीडित युवतीलाई पुनः आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ।

९० प्रतिशत शरीर जलेकी युवतीको अवस्था गम्भीर रहेको जनाइएको छ। हाल लखनउस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ।

बलात्कार आरोपित र उसका साथीहरुले मुद्दा सुनुवाइका लागि अदालत जान रेल स्टेसन जाँदै गरेकी ती युवतीलाई गाउँबाट केही पर लगेर पेट्रोल छर्केर आगो लगाएका थिए।

मार्चमा भएको सामूहिक बलात्कारपछि प्रहरीले आरोपितमध्ये तीन जनालाई पक्राउ गरेको थियो भने दुई जना अझै फरार छन्।

प्रहरीले जिउँदै जलाएर हत्याप्रयास गरेको आरोपमा शिवम त्रिवेदी र अन्य चार जनालाई पक्रिएको छ। त्रिवेदी गाउँका प्रधानका छोरा हुन्।

बलात्कारका घटनालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको चर्को आलोचना भइरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .