राजनीति


कास्कीको चुनावीसभामा प्रचण्डले भनेः देउवाले नेकपाको विजय सुनिश्चित गराइदिनुभयो

कास्कीको चुनावीसभामा प्रचण्डले भनेः देउवाले नेकपाको विजय सुनिश्चित गराइदिनुभयो

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ८:२४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेताहरुले पोखरामा दिएको अभिव्यक्तिले नेकपाको विजय सुनिश्चित भएको बताएका छन्।

 बुधबार कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पोखरमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको झुटो अभिव्यक्तिले नेकपाकी उम्मेदवार विद्या भट्टराईको विजय सुनिश्चित गराएको दावी गरे। ‘यहाँ हाम्रा विपक्षी नेपाली कांग्रेसका नेताहरुले जसरी भाषण गर्नुभयो, त्यसले पनि मैले हाम्रो विजय सुनिश्चित देखेको छ’, उनले भने।

उनले झुटो अभिव्यक्ति दिएर नेकपाको विजय सुनिश्चित गराएकोमा कांग्रेस सभापति देउवालाई धन्यवादसमेत दिए।

‘म नेपाली कांग्रेसका शेरबहादुरजीले पोखरामा आएर साह्रै झुटो बोल्नु भो, संसारले देखेको उज्यालो, छ्यांगै घाम लागेको बेलामा हत्केलाले सूर्य छोप्नेजस्तो नाटक गर्नुभयो’, अध्यक्ष प्रचण्डले भने, ‘उहाँलाइ म धन्यवाद भन्न चाहन्छ, उहाँले कमरेड विद्या भट्टराईको विजयलाई सुनिश्चित गरेर गइदिनुभयो।

उनले प्रधानमन्त्रीसँग राष्ट्रवादका विषयमा सहमति जनाएका देउवाले पोखरा आएर झुटो बोलेको बताए। प्रधानमन्त्री ओलीले कालपानीमा भारतीय नक्साबारे राष्ट्रय एकता कायम गर्न बोलाएको बैठकमा प्रधानमन्त्रीको अडानप्रति प्रतिवद्धता जनाएको समेत स्मरण गरे।

‘म प्रधानमन्त्रीको देब्रेपट्टी छु, देउवाजी दाहिनेपट्टी हुनुहुन्छ’, बैठकको स्मरण गर्दै प्रचण्डले भने, ‘मैले सुनेको छु, राम्रोसँग हामी सबैले सुनेका छौँ देउाले ठीक छ, प्रधानमन्त्रीलाई बैठक डाकेकोमा पनि धन्यवाद, तपाईंले लिएको राष्ट्रियताको अडानप्रति पनि हाम्रो पुरै सहयोग छ भनेको मेरो कानमा अहिले पनि टिनिन्न गरेको बजिराखेको छ।

उनले साह्रै तल खसेर लोकतन्त्रको झट बल्न छाड्न कांग्रेस नेताहरुलाई सुझाब समेत दिए।

कार्यक्रमको अधिकांश समय कांग्रेस नेताहरुको आलोचनामा खर्चेका अध्यक्ष प्रचण्डले नेकपाले विद्यालाई रवीन्द्रको पत्नीका रुपमा उम्मेदवार नबनाएको समेत प्रस्ट पारे।

‘विद्या भट्टराई रवीन्द्र अधिकारीको जीवनसाथी मात्रै होइन, नेपालको एउटा अध्ययनशील र प्राज्ञिक व्यक्तित्व पनि हो’, उनले भने ‘नेपाली राजनीतिका सबै उतारचढावबाट गुग्रेर आएको व्यक्तित्व हो।’

 पार्टी कार्यकर्ता र जनताको मेहेनतका कारण नेकपाको जित अग्रिम रुपमै सुनिश्चित भएको उनको दावी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad