अटो


पशुपतिमा विद्युतीय सवारी साधन हस्तान्तरण

पशुपतिमा विद्युतीय सवारी साधन हस्तान्तरण

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ८:५०,

भारतीय महिला संघ काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई २ वटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ। 

भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन बुधबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरेकी हुन्।

अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुका लागि विद्युतीय सवारीसाधनहरु उपयोगी हुने बताइन्। उनले भारत र नेपालका जनताबीच रहेको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पु-याउने विश्वास समेत व्यक्त गरिन्।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले विद्युतीय सवारी साधन वृद्धवृद्धा तथा अशक्त तथा महिलाहरुका लागि उपयोगी हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad