मन्त्रिपरिषद्मा थपिएका नयाँ मन्त्रीहरुको सूची सार्वजनिक भएलगत्तै सिंहदरबारबाट बाहिरिने र भित्रिनेमध्ये केही मन्त्रीका बारेमा बढी नै चर्चा भयो। तीमध्ये एक हुन्– बिहीबार कृषि तथा पशुपंक्षी विकास मन्त्री नियुक्त भएका घनश्याम भुसाल।
आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुको पनि सार्वजनिकरुपमा कडा आलोचना गर्ने भुसाल ओली नेतृत्वकै सरकारमा गएकोप्रति कतिपयले आश्चर्य व्यक्त गरेका छन्। अन्य कतिपयले उनीमाथि आफ्नो छवि बचाउनु नै सबैभन्दा ठूलो चुनौति रहेको टिप्पणी गरेका छन्।
‘यो दलालको सेवा गर्ने दलाल सरकार हो भन्थे, घनश्याम भूसाल, आफैँ अति केन्द्रीकृत, संकुचित र असहिष्णु ओली सरकारका मन्त्री भएछन्। भनेसि अब ओलीतन्त्र भित्रैबाट वैचारिक र सांस्कृतिक कायापलट हुने भो, होइन त कमरेड? अब भिटेनले जमाएर भन्लान् लास्टमा हामी माका फुइँ त हो ब्रो’ नयाँ मन्त्रीहरुको शपथलगत्तै लेखक-स्तम्भकार खगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफ्नो धारणा व्यक्त गरे।
याे दलालकाे सेवा गर्ने दलाल सरकार हाे भन्थे,घनश्याम भूषाल अाफै अति केन्द्रीकृत,संकुचित र असहिष्णु ओली सरकारका मन्त्री भएछन्। भनेसि अब ओलीतन्त्र भित्रैबाट वैचारिक र सांस्कृतिक कायापलट हुने भाे,हाेइन त कमरेड? अब भिटेनले जमाएर भन्लान्- लास्टमा हामी माका फुइँ त हाे ब्राे!
— Khagendra Sangroula (@belakoboli) November 21, 2019संग्रौलाको भनाइमाथि तिरमबद शिवाकोटीले ‘कति हतार हो... पहिले काम हेरौं न’ भन्ने प्रतिक्रिया जनाए। त्यसमैं हर्कराज राईको प्रतिक्रिया छ ‘अब भुसालजीको अग्निपरीक्षा सुरु भो नि ब्रो’।
साझा पार्टीका प्रवक्ता मुमाराम खनालले भनेका छन्, ‘चैतन्य मिश्रमार्फत सरकार माक्र्सवाद सम्मत रहेको प्रमाणित गर्न नसके पनि अब घनश्याम भुसालमार्फत चाहिँ सरकार माक्र्सवाद सम्मत नै रहेको प्रमाणित होला भन्ने आशा गरौं।’
— Tirambad Shiwakoti तिरमबद शिवाकोटी (@tirambad) November 21, 2019कति हतार हो के। चुर्ना परेको छ कि हो बाजेलाई?
पहिले काम हेरौँ न बाजे। काम हेरेसी मन्त्रीहरुको छुट्टाछुट्टै विश्लेषण गर्नुहोला। ??
सामाजिक सञ्जालमा उनीबारे टिप्पणी गर्ने अधिकांशले ‘भुसालले सरकारबाहिर रहेर जसरी अरुमाथि खरो प्रश्न उठाउथे त्यसरी नै के आफै चाहिँ सेवाप्रवाहमा खरो उत्रन सक्लान् त?’ भन्ने जिज्ञासा राखेका छन्।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले ओली नेतृत्वको मन्त्रिपरिषद्मा उनको सहभागिता नै राजनीतिक जीवनमा ओरालो यात्राको शुरुवात त होइन भनी प्रश्न पनि उठाएका छन्।
पत्रकार अशोक दाहालले भनेका छन्, ‘पार्टी संसदीय दलको नेतामा आफूविरुद्ध चुनाव लड्न चाहेका घनश्याम भुसाललाई मन्त्री बनाउनु प्रधानमन्त्रीको उदारता हो। तर, भूषालले मन्त्री स्वीकारेकामा अचम्मित छु। उनको दक्षता शासन प्रशासनभन्दा चिन्तन र विचार निर्माणमा हो। मन्त्री पद उनका लागि अग्नि परीक्षा!’
पार्टी संसदीय दलको नेतामा आफू विरुद्ध चुनाव लड्न चाहेका घनश्याम भूषाललाई मन्त्री बनाउनु प्रधानमन्त्रीको उदारता हो ।
— Ashok ????? (@ashokpillar) November 21, 2019
तर, भूषालले मन्त्री स्विकारेकोमा अचम्मित छु । उनको दक्षता शासन प्रशासन भन्दा चिन्तन र बीचार निर्माणमा हो । मन्त्री पद उनका लागि अग्नी परिक्षा !
भुसाल तत्कालिन एमालेको पछिल्लो महाधिवेसनबाट ओलीको प्रतिस्पर्धी प्यानलबाट चुनाव लडेर उपमहासचिव निर्वाचित भएका थिए।
माधव नेपालले नेतृत्व गरेको सो प्यानलको सैद्धान्तिक बहसको नेतृत्व भुसालले गरेका थिए।
नेपालमा गणतन्त्र स्थापनापछि भएको सो महाधिवेसनमा ओली र नेपालको नेतृत्वमा रहेको नेपाली समाजको चरित्र अर्धसामन्ती छ या छैन भन्ने विषयमा दुई पक्ष विभाजित थिए।
भुसालले नेपाल अब अर्धसामन्ती छैन भन्ने विचारको अगुवाई गरिरहेका थिए भने नेपाली समाजमा अझै पनि अर्धसामन्ती चरित्र बाँकी रहेको दाबी थियो ओली पक्षको।
त्यसयता हुने सैद्धान्तिक बहसका लागि नेपाली मिडिया र नागरिक समाज लगायतले बढी रुचाइएका र ‘राम्रो स्पेस’ पाउने नेता हुन्, भुसाल।
बिहीबार मन्त्रालयको पद वहालीसँगै ‘काम गरेर देखाउने ठाउँमा पुगेका’ उनले सोही अनुसारको छवि बनाउन सक्ने हुन् कि होइनन् भन्ने जिज्ञासा सबैभन्दा धेरैको रहेको छ।

प्रतिक्रिया