कारोबार


हिमालय एयरलाइन्सकाे उडान चाङ्सा र गुइयाङमा सुरु

हिमालय एयरलाइन्सकाे उडान चाङ्सा र गुइयाङमा सुरु

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १२:४९,

हिमालय एयरलाइन्सले बेइिजिङ पछि चीनकाे गुइयाङ र चाङ्सामा पनि नियमित उडान सुरु गरेको छ। हिमालयले मंगलबार गुइयाङ र बुधबार चाङ्सामा नियमित उडान सुरु गरेको उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।

चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो भने गुइयाङ गुईझाउ प्रान्तको राजधानी सहर हो।

एयरलाइन्सले नेपाल भ्रमण वर्ष २०२० सुरु हुन अघि नयाँ बजार अन्वेषण गर्दै यी प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ। उपाध्यक्ष विजय श्रेष्ठले बेइजिङमा पहिलो उडान सुरुवात गरेको एयरलाईन्स कम्रश चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि , शेन्जेङ्गलगाएतका शहरमा विस्तार गर्ने बताएका छन्।

‘चीनबाट हुने यात्राबाट अधिकतम लाभ लिनका निम्ति बेइजिङ र गुइयाङ, चाङ्सा बाहेक पनि चीनका अन्य शहरहरुमा विस्तार गर्ने प्रयत्नमा छौं,’ श्रेष्ठ भने ‘नयाँ रुटहरु थप गरेर हाम्रो ट्रान्स (बोर्डर सञ्जाललाई गहन बनाउँदै नेपाल र चीन दुवै देशका व्यावसायिक तथा भ्रमणमा आउने यात्रुहरुका लागि महत्वपूर्ण विकल्पहरु उपलब्ध गराइएको छ।’

हिमालय एअरलाईन्स नेपाल-चीन संयुक्त लगानीमा सन् २०१४ स्थापना भएको अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो। अहिले हिमालय एयरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङमा उडान सेवा भर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad