राजनीति


अमरेशको प्रश्नः भारतले सीमा मिच्दा बोल्ने, चीनले मिच्दा नबोल्ने?

अमरेशको प्रश्नः भारतले सीमा मिच्दा बोल्ने, चीनले मिच्दा नबोल्ने?

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ११:२३,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अमरेशकुमार सिंहले चीनले सीमा मिचेको विषयमा पनि बोल्ने बेला आएको बताएका छन्।

सोमबार संसदको राज्यव्यवस्था समितिमा बोल्दै सिंहले प्रश्न गरे, ‘भारतले सीमा मिचेकोमा बोल्ने तर, चीनले सीमा मिचेको बारेमा कसैले बोल्नु पर्दैन?’

कात्तिक १६ गते भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेको विषयमा राज्य व्यवस्था समितिले छलफल आयोजना गरेको थियो। 

छलफलमा उनले भारत र चीन दुवै देशले मिचेको सीमाका बारेमा समान धारणा आउनुपर्ने पनि बताए।

‘उत्तरतिर चीनले १०÷११ ठाउँमा सीमा मिचेको समाचार आइरहेका छन्, यसबारेमा किन कसैले केही बोल्दैन? सरकार किन मौन बस्छ ?’ सांसद सिंहले प्रश्न गरे, ‘कोरला नाकाको नेपालीहरुसँग किन चाबी छैन? चीनले मात्रै चाबी राख्नुको कारण के हो? सीमाका दुबैदेशसँग चाबी हुनुपर्ने होइन र?’

सांसद सिंहले मिडियाबाजीको प्रभावमा भावुक भएर कुनै पनि निर्णय गर्न नहुने सुझाव पनि दिए।

त्यसअघि बोलेका गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको भारतसँग सीमा जोडिएको स्थानमा सुरक्षापोस्ट विस्तार गर्ने बताएपछि त्यसप्रति पनि उनले असन्तुष्टि जनाए । उनले भने, ‘नेपाली सेनाको काम भूगोल र जनताको रक्षा गर्ने जिम्मा भएपनि सेना ठेक्का पट्टामा हात हालेर बसेको छ, बोर्डरमा सरकारको लापारबाही भयो।’

भारतले सीमा अतिक्रमण गरेको विषयमा कुटनीतिक रुपमा समस्या समाधान गर्नुुपर्ने उनले बताए।

राज्य व्यवस्था समितिमा बोल्ने सबै सांसदहरुले भारतबाट सीमा मिचिएको विषयमा तत्काल उच्च स्तरमा संवाद गर्न र नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सुझाव दिएका थिए।

सिंहको विचारलाइई उनीपछि बोलेका सांसदहरु डिला संग्रौला, रामसहायकप्रसाद यादव र नवराज सिलवालले समर्थन गरेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad