खेल


५५ औं मिनेटमा परिवर्तन गरिएपछि रोनाल्डो सिधै घर गए

५५ औं मिनेटमा परिवर्तन गरिएपछि रोनाल्डो सिधै घर गए

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ११:२५,

गत बुधबार च्याम्पियन्स लिगको खेलमा रोनाल्डो लोकोमोटिभ मस्कोविरुद्धको खेलमा खेलको ८२ औं मिनेटमा परिवर्तन गरिएका थिए। उनको स्थानमा पाउलो ड्याबेलालाई मैदान प्रवेश गराइएको थियो।

त्यसबेला क्रिस्टियानो रोनाल्डो आफ्ना प्रशिक्षक माउरी जियो सारीसँग निकै रुष्ट बनेका थिए।

आइतबार राति इटालिएन सिरि एमा एसी मिलानविरुद्धको खेलमा पनि रोनाल्डो परिवर्तन भए। सारीले रोनाल्डोलाई खेलको ५५ औं मिनेटमा मैदान बाहिर बोलाएर ड्याबेलालाई नै मौका दिएका थिए।

(भिडियो)

युभेन्ट्सले खेल ड्याबेलाकै गोलबाट जित्यो। तर रोनाल्डो खेल अवधिभर मैदानमा बसेनन्। रोनाल्डो परिवर्तन गरिएपछि उनी सिधै घर गएको द गार्जियनले जनाएको छ।

क्रिस्टियानो रोनाल्डो केही समययता घुँडाको समस्याबाट ग्रस्त छन्। उनलाई आरामको जरुरी भएकाले आफूले उनलाई हाफपछि बाहिर निकालेको सारीको तर्क रहेको छ।

रोनाल्डोले भने लगातार दुई खेलमा परिवर्तन गराएपछि प्रशिक्षक सारीप्रति सांकेतिक असहमति जनाइरहेका छन्।

मस्कोविरुद्धको खेलमा रोनाल्डोले सारीलाई दुई आंैला देखाएर चेतावनी दिएको संकेत गरेका थिए।

 Image result for ronaldo sarri

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad