समाज


बंगलादेशी राष्ट्रपतिको भ्रमण अवधिभर ठूला सवारीसाधनलाई रिंगरोड प्रवेशमा रोक

बंगलादेशी राष्ट्रपतिको भ्रमण अवधिभर ठूला सवारीसाधनलाई रिंगरोड प्रवेशमा रोक

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ११:२१,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि आउँदो शुक्रबारसम्म रिंगरोडमा ठूला मालवाहक सवारीसाधनहरुलाई रिंगरोडभित्र प्रवेश निषेध गरेको छ।

बंगलादेशी राष्ट्रपति अब्दुल हमिद औपचारिक सद्भावना भ्रमणका क्रममा नेपाल आउनलागेकोले ट्राफिक व्यवस्थापनको लागि प्रहरीले ठूला मालवाहक सवारीसाधनलाई चार दिनसम्म चक्रपथभित्र प्रवेश गर्न रोक लगाएको हो।

यस्तै महाशाखाले पुराना, थोत्रा र बिग्रिरहने सवारीसाधन नचलाउन निर्देशन दिएको छ। सोमबार सूचना जारी गर्दै महाशाखाले मुख्य सवारीमार्गको प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ। भ्रमण अवधिभर अनावश्यक हर्न नबजाउन, ट्राफिक नियम पूर्णपालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad