ad ad

राजनीति


भ्रष्टाचार मुद्धामा जेल परेका ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमुक्त

भ्रष्टाचार मुद्धामा जेल परेका ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमुक्त

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ७:२५,

ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उनलाई शुक्रबार रिहा गरिएको अधिकारीहरुले जनाएका छन्। कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उनले अदालतको आदेशअनुसार जेल सजाय भोग्दै आएका थिए।

वकर्स पार्टी (पिटी) का नेतासमेत रहेका पूर्व राष्ट्रपति लुला हिरासत मुक्त हुन लागेको बेला उनका धेरै समर्थकहरुले नारावाजी गर्दै स्वागत गरेका थिए।

उनलाई ब्राजिलको सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको हो। ब्राजिलमा एउटा मुद्धामा तीन पटकसम्म पुनरावेदन गराउन पाइने व्यवस्था भए अनुसार पुनरावेदन गराएपछि उनलाई रिहा गरिएको जनाइएको छ।

पुनरावेदनका लागि निवेदन दिइएको मुद्धाको अन्तिम किनारा नलागेसम्म उनलाई थुन्न नपाईने अदालतको आदेश रहेको अधिकारीहरुले जनाएका छन्।

न्यायाधिश डानिलो पेरेइरा जुनिरको इजलाशले पूर्वराष्ट्रपति लुलालाई थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो। पूर्व राष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचार सम्वन्धी मुद्धामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो।

उनले भने आरोपको खण्डन गर्दै आरोप झुठो भएको बताएका थिए। राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई मुद्धा लगाइएको उनको भनाई रहदै आएका छ।
लुलाले सत्तामा रहँदा पदको अनावशयक फाइदा उठाइ आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उनलाई ब्राजिलको अदालतले जेल सजाय तोकेको थियो।

ब्राजिलमा अहिले पनि निकै लोकप्रिय नेता लुलालाई यसअघिको निर्वाचनमा उम्मेदवारी दिनसमेत नदिने आदेश गरिएको थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .