ad ad

समाज


भक्तपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

भक्तपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ७:३२,

भक्तपुरमा शुक्रबार र शनिबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते बनेका छन्।

शुक्रबार बेलुकी सवा करिव सवा ८ बजे चाँगुनारायण नगरपालिका ९ तथलीबाट नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई नालीमा खस्दा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा ईलाम घर भई हाल चाँगुनारायण ९ ताथली फैढोका बस्ने ४६ वर्षीय छवि भण्डारी रहेका छन्। दुर्घटनामा घाइते बनेका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नै निधन भएको प्रहरीले जनाएको छ।

त्यस्तै शनिबार बिहान ६ः४० बजेको भक्तपुर चाँगुनारायण नगरपालिका ८ जितपुरमा नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नम्बरको बोलेरो गाडीले सोही दिशा तर्फबाट आउँदै गरेको बा८३प ८७३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुवै साधनका चालकसहित चार जना घाइते बनेका छन्।

घाइते हुनेमा स्कुटर चालक सुनसरी धरानउपमहानगर १ घर भई हाल काठमाडौँ १६ बस्ने १८ वर्षीया सुनिता जिमी राई, बोलेरो चालक काभ्रे मण्डनदेउपुर नगरपालिका २ घर भई हाल भक्तपुर, १ सल्लाघारी बस्ने ३५ वर्षीय मंगलबहादुर तामाङ, सोही स्थानका १८ वर्षीय सुवास तामाङ र सोही नगरपालिका ५ का ५५ वर्षीय गोकुल ढकाल रहेको प्रहरीले जनाएको छ।

घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .