ad ad

समाज


दुर्घटनामा अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीको निधन

दुर्घटनामा अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीको निधन

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ६:५६,

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ।

मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए।

उनका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्ज नजिक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शाहीसहित दुईजना घाइते भएका थिए। मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

त्यस्तै कोहलपुरदेखि शम्शेरगञ्जतर्फ जाँदै गरेको अटोरिक्सालाई गएराति ट्रकले ठक्कर दिँदा अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमका अनुसार, ट्रकको ठक्करबाट राप्तीसोनारी– ८ की धनसरा बुढा घाइते भएकी हुन्। उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .