राजनीति


विप्वल नेता पौडेलको मृत्युबारे मानवअधिकार आयोगद्वारा छानबिन सुरु

विप्वल नेता पौडेलको मृत्युबारे मानवअधिकार आयोगद्वारा छानबिन सुरु

नेपालखबर
असार ६, २०७६ शुक्रबार १०:२९,

राष्ट्रिय मानवअधिकार आयोगले नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको विषयमा अनुसन्धान गर्ने भएको छ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै पौडेल मारिएको विषयमा सत्यतथ्य पत्ता लगाउन केन्द्रीय कार्यालय र प्रदेश नम्बर २ कार्यालय टोलीले अनुसन्धान गर्ने जनाएको छ। छानबिनका लागि केन्द्रीय कार्यालयबाट शुक्रबार बिहानै टोली घटनास्थलतर्फ गएको आयोगका प्रवक्ता देव भट्टराईले बताएका छन्।

प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सर्लाहीमा दोहोरो भिडन्तको क्रममा प्रहरीको गोलीबाट यही असार ५ गते नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति आयोगका गम्भीर ध्यानाकर्षण भएको छ।’

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही खोला नजिकै जंगलमा दोहोरो भिडन्त हुँदा प्रहरीका गोली लागि पौडेलको मृत्यु भएको प्रहरीले दावी गरेको छ। तर नेकपा विप्लव समूहका प्रदेश नम्बर २ का प्रमुख अरुणले जारी गरेको विज्ञप्ति साथीहरुलाई कुरेर बसेका पौडेललाई प्रहरीले पक्राउ गरेपछि गोली हानी मारेको जनाइएको छ।

पौडेल सर्लाही जिल्लाको बाग्मती नगरपालिका–२ धरहराका स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad