कारोबार


जेबिल्सलाई प्राप्त गर्न इन्भेष्टमेन्ट बैंकको विशेष सभा

जेबिल्सलाई प्राप्त गर्न इन्भेष्टमेन्ट बैंकको विशेष सभा

नेपालखबर
असार ६, २०७६ शुक्रबार १०:२३,

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गर्नको लागि विशेष साधारणसभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ। शुक्रबार आयोजित विशेष साधारणसभामार्फत विशेष प्रस्ताव पारित गरिएको हो।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५९ करोड र जेबिल्स फाइनान्स लिमिटेडको चुक्ता पुँजी ८४ करोड भएकोमा जेबिल्सको रु. १०० को एक सेयर बराबर ३३ रुपैयाँ प्रदान गर्ने प्रस्ताव पारित भएअनुसार जेबिल्स फाइनान्स लि. प्राप्तिपछि एनआईबीएलको चुक्ता पुँजी १२ अर्ब ८७ करोड पुग्नेछ ।

जेबिल्स फाइनान्स लि.को प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्नेछ भने कुल कर्जा १ सय ३२ अर्ब रहनेछ । जेबिल्स फाइनान्स लि.को प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ । जेबिल्स फाइनान्स लि.को प्राप्तिपछि पनि एनआईबीएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहनेछ ।

हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५७ वटा शाखा सञ्चालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय १२ वटा एटीएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ४९ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad