ad ad

राजनीति


कञ्चनपुरमा एनपी र दिवान मिल्दा रमेश कमजोर!

कञ्चनपुरमा एनपी र दिवान मिल्दा रमेश कमजोर!

गोकुल जोशी
मंसिर ४, २०७८ शनिबार १४:५४, काठमाडौँ

कञ्चनपुरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कमजोर देखिएका छन्। प्रदेश क्षेत्रीय अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य एनपी साउद र संविधानसभा सदस्य दिवान सिंह विष्ट मिल्दा लेखक कमजोर बनेका हुन्। 

कांग्रेस संस्थापन पक्ष (देउवा)का लेखक र साउदको कञ्चनपुरमा छुट्टा–छुट्टै उपगुट छ। लेखक समूहको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा वर्चश्व छ भने साउद समूहको निर्वाचन क्षेत्र नम्बर २ मा दबदबा छ। 

‘कञ्चनपुरमा अधिवेशनले संस्थापन पक्ष दुई चिरामा विभाजित छ। दुवै नेताहरु (एनपी र रमेश) एकअर्कालाई कमजोर पारेर आफू अगाडि बढ्ने  खेलमा हुनुहुन्छ। यस किसिमको गुटगत गतिविधिले पार्टी संगठनलाई कमजोर बनाउँछ’ कांग्रेसका एक नेताले भने, ‘त्यसैले कांग्रेसलाई बलियो बनाउन गुटगत राजनीति रोक्न आवश्यक छ।’

कञ्चनपुरबाट कांग्रेसको केन्द्रीय राजनीतिमा छवि बनाएका लेखक र साउद निकटबीच अधिवेशनमा कडा प्रतिस्पर्धा भइरहेको छ।  

पालिका र प्रदेश क्षेत्रीय अधिवेशनमा साउदलाई दिवान सिंह विष्टले साथ दिएका छन्। उनी कोइराला निकट मानिन्छन्। साउद–विष्ट र लेखक दुई प्यानल बनाएर कांग्रेस अधिवेशनको चुनावमा होमिएका छन्।

६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ४ क्षेत्रमा साउद–विष्टको प्यानल विजयी भएको छ भने २ क्षेत्रमा लेखकको प्यानल विजयी भएको छ। 

लेखकको निर्वाचन क्षेत्र नम्बर ३ मा उनी निकट प्यानल नै विजयी भएको छ। क्षेत्र नम्बर ३ (१) मा लेखक निकट पदमराज अवस्थी र ३ (२) मा पुष्करराज जोशीको नेतृत्वको प्यानल विजयी भएको हो।

एनपीको निर्वाचन क्षेत्र नम्बर २ मा लेखकको प्यानल पराजित भयो। क्षेत्र नम्बर २ (१) मा झंकर खड्का र २ (२) मा करन सिंह ऐर नेतृत्वको प्यानल विजयी भएको छ। 

दिवान सिंह विष्टको निर्वाचन क्षेत्र नम्बर १ मा पनि साउद–बिष्ट प्यानल विजयी भएको छ। क्षेत्र नम्बर १ (१) मा मानबहादुर रोकाया र १ (२) मा चेतन राईको नेतृत्वमा प्रदेश क्षेत्रीय कमिटी निर्वाचित भएको हो।

कञ्चनपुरमा कांग्रेस संस्थापनकै दुई गुट, लेखक र साउदको समूहबीच प्रतिस्पर्धा!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .