नेकपा माओवादी केन्द्रले तीनवटा आयोग, केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ।
मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार १४९ सदस्यीय केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरिएकाे हो।
यसैगरी २५–२५ सदस्यीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरिएको उनले जानकारी दिए।
विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग, पेशलकुमार पोखरेलको अध्यक्षतामा लेखा आयोग र टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरिएको प्रवक्ता महराले बताए।
यस्तै भूगोलभन्दा बाहिर काम गर्नेहरूको विशेष समिति पनि बनाइएको उनले बताए। यो १७५ सदस्यीय छ।
थप विवरण : माओवादी केन्द्रको सम्मेलन तालिका परिवर्तन
Shares

प्रतिक्रिया