समाज


नदीको टापुमा फसेका चार जनाको उद्धार

नदीको टापुमा फसेका चार जनाको उद्धार

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार ११:३८, काठमाडौँ

सोमबार साँझदेखि राप्ती नदीमा फसेका चार जनाको उद्धार भएको छ। 

बाँकेको डुडुवा गाउँपालिका ५ खजुरास्थित राप्ती नदीमा मसाहगाउँका ४ जना फसेका थिए। 

डुडुवा गाउँपालिका ४ का ५५ वर्षीय सौखात नाउ, ४५ वर्षीय साबिर खाँ, ३० वर्षीय प्रमोद लोहनिया र ६० वर्षीय नजिर खाँलाई प्रहरीले उद्धार गरेको हो। 

माछा मार्न गएका उनीहरु बाढी आएपछि टापुमा फसेका थिए। सोमबार बेलुकी ८ बजे प्रहरीलाई स्थानीय जनप्रतिनिधिले खबर गरेका थिए। 

त्यसलगतै खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले मंगलबार बिहान सकुशल उद्धार गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad