नेकपा (माओवादी केन्द्र) ले पार्टीको सम्मेलन तालिकामा केही परिवर्तन गरेको छ।
सोमबारदेखि जारी पार्टीको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण, टोल, वडा, पालिका सम्मेलन गर्ने म्याद थप गरेकाे हो।
आज (मंगलबार) दोस्रो दिन बिहान ८ बजे सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक केही बेरअघि सकिएको हो।
बैठक समापनपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टी सदस्यता नवीकरणका लागि कात्तिक २५ गतेसम्म म्याद थपिएको जानकारी दिए।
यस्तै टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिकाको सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थपिएको महराले बताए।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म गर्दै छ।
576
Shares

प्रतिक्रिया