राजनीति


नयाँ पार्टीमा दिल्लीबाटै झलनाथ खनालको सनाखत

नयाँ पार्टीमा दिल्लीबाटै झलनाथ खनालको सनाखत

नेपालखबर
भदौ ९, २०७८ बुधबार १३:२, काठमाडौँ

माधव नेपालले नयाँ पार्टी दर्ता गराउने क्रममा वरिष्ठ नेता झलनाथ खनालको हस्ताक्षर दिल्लीबाटै सनाखत भएको छ।

आयोगका एक अधिकारीले अधिकार प्रत्यायोजन अनुसार दिल्लीमा उपचाररत खनालको पनि हस्ताक्षर सनाखत भएको जानकारी दिए। 

आयोगले यसअघि नेकपा (एकीकृत समाजवादी) दर्ताका क्रममा सनाखतका लागि सशरीर उपस्थित हुनुपर्ने बताएको थियो। आयोगले यसअघि सशरीर उपस्थित नभए सनाखत नहुने बताएको थियो।

नाम पहिल्यै प्राप्त भएको र बिरामी भएर सशरीर उपस्थित हुन नसक्ने बताएपछि प्रत्यायोजन अधिकार प्रयोग गरिएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

आयोगका सचिवको नेतृत्वको कर्मचारी रहेको सचिवालयले सनाखत गरेपछि आजै निर्वाचन आयोगले दल दर्ताको औपचारिक जानकारी दिनेछ। साँझसम्म दर्ताबारे जानकारी दिने आयोगको तयारी छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad