राजनीति


एमाले अध्यक्ष ओलीले आज ‘विशेष पत्रकार सम्मेलन’ गर्दै

एमाले अध्यक्ष ओलीले आज ‘विशेष पत्रकार सम्मेलन’ गर्दै

नेपालखबर
भदौ ९, २०७८ बुधबार ८:६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन्। 

एमालेका केन्द्रीय सदस्य सूर्य थापाका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अहिले बिहान ११ बजे पत्रकार सम्मेलन गरिने भएको हो। 

लामो समय माधव नेपाल पक्षमा रहेर सर्वाेच्च अदालतलको फैसलाले एमाले  पुनःस्थापना गरेयता पहिलोपटक हिजो सोमबार पार्टीको बैठक (स्थायी कमिटी) मा सहभागी हुँदै भीम रावल, घनश्याम भुसाललगायत १० नेता आफूसँग एकताबद्ध भएको भोलिपल्ट अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।  

यो पनि : १० बुँदे सहमतिको कार्यान्वयनः ‘प्रतिगमन’ आधा सच्चियो?

पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न आज पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय एमाले सदस्य थापाले जानकारी दिएका छन्।

थापा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए। 

यहीबीच उता माधव नेपाल पक्षले भने नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ भने सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा केन्द्रीय कमिटी बैठक गरिररहेको छ। आज सनाखतका लागि आयोग जाने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले जानकारी दिएकी छन्।  

यो पनि : आवश्यक संख्या नपुग्ने हल्ला गलत, सनाखत गर्न आज आयोग जान्छौंः रामकुमारी झाँक्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad