सरकारले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संसद सचिवालयमा पत्र दर्ता भएको हो।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ। बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। बैठकमा सरकारका तर्फबाट संसद सचिवालयमा पेश भएको उक्त पत्र कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गर्दैछन्। बैठकले प्रतिनिधि सभा बैठकका अरू एजेन्डाहरू पनि तय गर्ने छ।
Shares

प्रतिक्रिया