राजनीति


देउवाले विश्वासको मत लिनुअघि कांग्रेस, माओवादी केन्द्र र जसपाका संसदीय दलका बैठक

देउवाले विश्वासको मत लिनुअघि कांग्रेस, माओवादी केन्द्र र जसपाका संसदीय दलका बैठक

नेपालखबर
साउन ३, २०७८ आइतबार १०:११,

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) विश्वासको मत लिनुअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका संसदीय दलका बैठक बस्दै छन्।

देउवा आफ्नो पार्टी कांग्रेस, माओवादी केन्द्र, जसपा यादव पक्ष र एमाले माधवकुमार नेपाल पक्षका सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। 

पुनःस्थापनापछि पहिलोपटक आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै छन्। 

त्यसअघि तीनै पार्टीले आफ्ना संसदीय दलका बैठक राख्ने भएका हुन्। 

सम्बन्धित पार्टीका अनुसार माओवादी केन्द्रले अहिले बिहान ११ बजे, जसपाले दिउँसो १ बजे र कांग्रेसले दिउँसो २ बजे संसदीय दलका बैठक राख्दै छन्। 

यो पनिः 

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

कसले पाउला जसपाको आधिकारिता? आज बस्दै निर्वाचन आयोगको इजलास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad