राजनीति


सर्वोच्चको फैसलाले संविधान संशोधन गर्‍यो : प्रधानमन्त्री ओली

सर्वोच्चको फैसलाले संविधान संशोधन गर्‍यो : प्रधानमन्त्री ओली

नेपालखबर
असार २९, २०७८ मंगलबार १४:४०,

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाले संविधान संशोधन गरेको बताएका छन् ।

सत्ताबाट बहिर्गमन भएसँगै सिंहदरबारबाट विदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाले शक्ति सन्तुलन सिद्धान्तमाथि प्रहार भएको बताएका हुन्।

उनले भने, ‘अत्यधिक न्यायिक प्रक्रियामा अघि बढेर कहिलेकाहीँ मागै नगरेको विषयमा हात हालेको छ।’

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै शेरबहादुर देउवालाई आज ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिएको थियो।

फैसलाले सत्ता बहिर्गमन निश्चित भएपछि राष्ट्रका नाममा ओलीले सम्बोधन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .