कारोबार


कामना सेवा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

कामना सेवा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

नेपालखबर
असार २९, २०७८ मंगलबार १४:३९,

कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 

बैंकले रु.१ हजार अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ।
 

बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धमा सोमबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरे।

कामना सेवा विकास बैंक लिमिटेडका हाल १२८ वटा शाखा कार्यालयहरू र १ वटा एक्सटेन्सन काउन्टर तथा ७० वटा एटीएम मार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ। साथै ‘सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ जस्ता विभिन्न  डिजिटल माध्यमबाटसमेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .