पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अब संविधानलाई ट्रयाकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिनु पर्ने बताएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि उनले भनेका छन्, खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुन: एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ/धन्यवाद! अब कुनै किन्तुपरन्तु गर्ने ठाउॅ छैन।संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊॅ; प्रतिगमनकारीलाई दण्डित गरौं!'
9
Shares

प्रतिक्रिया