राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज हुँदा कोरोना आउने र लकडाउन हुने गरेको बताएका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिडारीले प्रधानमन्त्रीलाई असहज हुँदा कोरोना आउने र सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको बताए।
उनले प्रधानमन्त्री ओली बेठिक भएका कारण राज्यका सबै संयन्त्रहरूले दुःख पाएको बताए।
राष्ट्रपतिको मुख्य काम प्रधानमन्त्री नियुक्त गर्नु भए पनि राष्ट्रपतिले संवैधानिक काम गर्न नसकेको उनको भनाई थियो।
‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिका जस्तो बनेको छ। प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ। अनि निषेधाज्ञा, लकडाउन, बन्दाबन्दी बन्छ। प्रधानमन्त्रीलाई सजिलो भएपछि यो जान्छ। यसका निम्ति साइबरे सरकारीहरु सरकारी साधन मार्फत् व्यापक प्रचार गर्छन्। नेपालीलाई कोरोनाले छुँदैन। छोए पनि बिरामी हुँदैन। बिरामी भएपनि मर्दैन। यस्तो भनेर परिणामत के आयो भने अक्सिजनको अभाव भयो। औषधिको अभाव भयो। अस्पतालको अभाव भयो। भेन्टीलेटरको अभाव भयो’ उनले भने, ‘राष्ट्रपतिको मुख्य काम प्रधानमन्त्री नियुक्त गर्नु हो। तर गणतन्त्रको प्रतिकबाट संवैधानिक काम भएन। देश अस्तव्यस्त भयो।’
Shares

प्रतिक्रिया