प्रधानमन्त्री बालेन्द्र शाहलगायत मन्त्रीहरूको सम्पत्तीको स्रोत सार्वजनिक गर्न माग गर्दैै विद्यार्थीले काठमाडौँको प्रदर्शन गरेका छन्।
सोमबार विद्यार्थीले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। अखिल (क्रान्तिकारी)को अगुवाइमा माइतीघर पुगेका विद्यार्थीले प्रधानमन्त्रीलगायत मन्त्रीहरूको सम्पत्तीको स्रोत सार्वजनिक गर्न माग गरेका छन्।
आइतबार प्रधानमन्त्री शाहसँगै सबै मन्त्रीले सम्पत्ती सार्वजनिक गरेका थिए। सबै मन्त्रीले सुन र चाँदी देखाएका छन्।
त्यसलाई विद्यार्थीले ‘गरीबको चमेली सुन दिन कोही छैन’ भनेर कटाक्ष गरेका छन्। उनीहरूले ‘मन्त्रीलाई सुन बहार, जनतालाई महंगी उपहार’, ‘सम्पत्ती देखियो, स्रोत कहाँ गयो?’, ‘झण्डा निलो, मन्त्रिपरिषद् पहेलो’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।
















Shares

प्रतिक्रिया