नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द भएको छ।
कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०७७ फागुन १८ मा भुक्तानी सेवा प्रदायकको अनुमति थिएको छ।
भुक्तानी तथा फर्स्योट ऐन २०७५ को दफा १३ (६) को व्यवस्थाबमोजिम स्वतः रद्द भएको हो।
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ।
12
Shares

प्रतिक्रिया