सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार विराटनगर किंग्सलाई पराजित गरेसँगै लुम्बिनी लायन्सले ‘प्लेअफ’को सम्भावना जिवितै राखेको छ।
एनपीएलको पहिलो खेलमा जित हासिल गरेको लुम्बिनीले त्यसपछि लय गुमाएको थियो। लगातार तीन खेलमा पराजित भएपछि समर्थक पनि निरास थिए।
पछिल्लो पटक ‘कमब्याक’ गरेसँगै लुम्बिनीले फेरि लय समातेको छ। लगातार दुई खेल जितेको लुम्बिनी ‘प्लेअफ’को दौडमा छ।
लुम्बिनीको जितको यात्रामा समर्थक पनि रमाइरहेका छन्। बुधबारको विराटनगरविरुद्धको खेलमा लुम्बिनीका समर्थक आफ्नो टोलीको हौसला बढाइरहेका देखिन्थे। लुम्बिनीको जितको खुशीमा रमाएका दर्शकका केही तस्बिर :
यो पनि पढ्नुहोस् :













165
Shares

प्रतिक्रिया