फोटोफिचर


यस्तो देखियो प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन (तस्बिरहरू)


सरोज नेपाल
चैत २५, २०८० आइतबार १९:४१, चितवन

अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट चितवनमा सुरु भएको छ।

विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइतबार अपरान्ह ४.३० बजे खेलकुद प्रतियोगिताका ला प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्। 

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरू सहभागी छन्।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो, बक्सिङ एथलेटिक्स, ब्याडमिन्टन र पौडी खेल हुँदै छन्।

बागमती प्रदेशस्तरीय खेलकुद समितिका सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताका अधिकांश खेल चितवनमा हुनेछन्। पुरुष भलिबल भने हेटौँडामा हुँदैछ।

महिला र पुरुष दुवै विधामा खेलाइने खेलहरू क्रिकेट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा, भलिबल गेस्ट हाउस चौर भरतपुरमा, महिला फुटबल बखानसिह रङ्गशाला शारदानगरमा, बक्सिङ, कराँते र तेक्वान्दो औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा, एथलेटिक्स चितवन रङ्गशाला नयाँवजारमा, ब्याडमिन्टन भरतपुर कवर्ड हलमा र पौडी लेगट्वान्टी हवेली हाउस देवनगरमा हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .