सिन्धुपाल्चोकको मेलम्ची बजार लेदोसहितको बाढीको डुबानमा परेको छ।
लार्के डाँडोमा पहिरो जाँदा मेलम्ची थुनिएपछि बनेको ताल फुट्दा मेलम्ची बजारमा बाढी पसेको हो।
मंगलबार भारी वर्षातसँगै आएको बाढीले मेलम्ची बजारमा ठूलाे क्षति पुर्याएको छ।
चौतारा र हेलम्बु गाउँपालिकालाई बढी प्रभावित बनाएको बाढी पसेपछि पक्की घरहरुको एक तला पूरै लेदोले भरिएको छ।
मेलम्चीबजारका सडक, पुल पनि बाढीले बगाएको छ। बाढीले उग्र रुप लिएको मेलम्चीमा हालसम्म आठ जनाको मृत्यु पुष्टि भइसकेको छ। बेपत्ताको संख्या भने एकीन हुन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। जिप्रकाका अनुसार हेलम्बु र मेलम्ची क्षेत्रबाट ६० जनाको उद्धार गरिएको छ।
तीमध्ये केहीलाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौं र धुलिखेलमा उपचारका लागि लगिएको छ।
हेर्नुहोस् तस्बिर :
प्रतिक्रिया