कारोबार


अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा थप महँगिए

अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा थप महँगिए

नेपालखबर
असार ३२, २०८३ बिहिबार ४:५५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्रा महँगिएका छन्। हिजो र अस्ती पनि यी सबै मुद्राको मूल्य बढेको थियो।  

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा थियो। 

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। 

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ। हिजो  पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ३७ र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ८१ र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा थियो। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६१ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ २० पैसा र बिक्रीदर ५०१ रुपैयाँ १५ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ६९ र बिक्रीदर ४०९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो  बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ४५ र बिक्रीदर ४०९ रुपैयाँ ०४ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad