आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ।
मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको हो।
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो।
समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन।
नेपाललाई विश्वकपमा जित निकाल्न १२ वर्ष लाग्यो। समूह चरणको अन्तिम खेलमा जित निकालेसँगै नेपालले जारी विश्वकपमा शान्त्वना जित हात पार्यो।




















171
Shares

प्रतिक्रिया