आज भएको नेपाल र वेस्ट इन्डिजको खेलमा १९ हजार २ सय २५ दर्शकले साथ दिएका छन्। मुम्बईको वानखेडे स्टेडियममा भएको खेल वेस्ट इन्डिजले ९ विकेटले जित्यो।
यो जितसँगै नेपाल सुपर ८ दौडबाट बाहिरिँदा वेस्ट इन्डिज भने सुपर ८ मा पुग्न सफल भएको छ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले टस हारेर बिहानको पिच कन्डिसनमा पहिले ब्याटिङ गर्न पर्नु र ब्याटिङ साझेदारी नजम्नुलाई पराजयको कारण बताए। त्यस्तै सोमपाल कामीले पनि शतप्रतिशत नतिजा दिन नसकेकामा दु:ख व्यक्त गरे।
पछिल्ला खेलमा लगातार राम्रो प्रदर्शन दिन नसकेका गुल्सन झाले कन्फिडेन्स स्तर खस्किएको बताउँदै इंग्ल्यान्डसँगको खेलपछि सबैको आशा बढेको तर टिमले त्यसलाई क्याप्चर गर्न नसकेको बताए।
हेर्नुहोस् आजका खेलका तस्बिरहरू




















105
Shares

प्रतिक्रिया