प्रतिनिधि सभाको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक गरिएको प्रतिबिद्धतापत्रमा ‘सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र’ नारा दिइएको छ। प्रलोपाले चुनावी घोषणापत्रलाई प्रतिबद्धतापत्र बनेको छ।
प्रलोपाले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। ‘संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख हुने प्रणाली लागू गरिनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले आफ्नो मन्त्रिपरिषद्मा स्वतन्त्रपूर्वक विज्ञ तथा राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तिबाट बनाउने प्रावधान राखिने जनाएको छ। यससँगै प्रलोपाले एक व्यक्ति एक पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था गरिने उल्लेख छ।
प्रलोपाले संसद्को पनि पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएको छ। ‘संघ र प्रदेश दुवै तहमा प्राथमिकता र समावेशितामा आधारित पूर्ण समानुपातिक संसद्को निर्वाचन गरिनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ। सांसदलाई विधायकी भूमिकामा सीमित गर्ने प्रणाली स्थापित गर्ने पनि प्रतिबद्धता जनाइएको छ।
त्यस्तै, राइट टु रिजेक्टको पनि व्यवस्था गर्ने जनाएको छ। निर्वाचन कानुनमा उम्मेदवारलाई अस्वीकार गर्ने अधिकार र प्रत्याह्वानको अधिकारको व्यवस्था गर्ने भएको छ।
Shares

प्रतिक्रिया