आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ। निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारी दिएका राजनीतिक दलहरू धमाधम चुनावी अभियानमा छन्। अहिले देश पूरै चुनावी माहोलले तातेको छ।
भर्खरै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ। अब पूरै देशको ध्यान फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनतर्फ केन्द्रित छ।
देशभर राजनीतिक गतिविधि बढ्दा सधैँ भिडभाड हुने पशुपतिनाथ मन्दिर परिसर भने शान्त छ। यतिबेला यहाँ भिडभाड पनि छैन। सामान्य ढंगले मानिसहरू पशुपतिनाथको दर्शन गर्न आउँछन्, साँझको आरती हुन्छ र आर्यघाटमा नियमित मृतकको अन्त्येष्टि भइरहन्छ।
हुन त, यतिबेला कुनै ठूला हिन्दू धार्मिक चाडपर्व छैनन्, जसले पशुपतिमा दर्शनार्थीको भिड बढाओस्। तर, अरुबेला त्यसैपनि भिडभाड हुने पशुपति परिसर चुनावी माहोलले छपक्कै छोपेपछि भने शान्त छ।





















Shares

प्रतिक्रिया