समाज


टेलिकमको टावरमा चढेर प्रेमिकासँग विवाह गर्न पाउनुपर्ने माग गर्ने युवक अस्पताल भर्ना

टेलिकमको टावरमा चढेर प्रेमिकासँग विवाह गर्न पाउनुपर्ने माग गर्ने युवक अस्पताल भर्ना

नेपालखबर
साउन ३, २०८३ आइतबार १०:३५, सर्लाही

भनेको केटीसँग बिवाह गर्न नपाएको विरोधमको टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर परिवारका सदस्यलाई अत्याएका सर्लाहीका युवकलाई प्रहरीले अस्पताल लगेको छ।

आज बिहान पौने ६ बजेतिर मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकलाई परिवार सदस्य र सुरक्षाकर्मीको समन्वयमा सकुशल उद्धार गरेर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसेनलाई फकाइफुल्याई टावरबाट तल झारेर प्रहरीको गाडीमा प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरी निरीक्षक गणेश पाण्डेले जाकारी दिए। 

‘आफूसँगै पढ्ने एउटी केटीसँग विवाह गर्न नपाएको विरोधमा उनी टावरमा चढेका रहेछन्,’ इन्सपेक्टर पाण्डेले भने, ‘अभिभावकले ती युवतीसँग विवाहको अनुमती नदिएपछि दबाब सिर्जना गर्न आइतबार बिहान उज्यालो नहुँदै उनी टावरमा चढेका रहेछन्। परिवारका सदस्य र हामीले अहिलेलाई फकाइफुल्याइ गरेर उनलाई टावरबाट तल झारेका अस्पताल पठाएका छौँ।’

हुसेन सर्लाही क्याम्पस मलङ्गवामा स्नातक तह अध्ययनरत विद्यार्थी हुन्। 

टावरको माथि पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरी आफू टावर माथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे सुरक्षा निकायलाई खबर पुगेको इन्सपेक्टर पाण्डेले बताए। 

टेलिफोनमा हुसेनले आफ्नी प्रेमिकालाई आफू भएको ठाउँमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न अभिभावकले अनुमति दिनुपर्ने माग गरेका थिए। यदि आफ्नाप्रति वेवास्ता गरिए टावरबाटै हामफाल्ने चेतावनीसमेत उनले दिएका थिए। 

त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उनको उद्धारका लागि टावरको तल पुगेको थियो। 

तल झर्न आग्रह गर्दा नमानेपछि प्रहरीले उनका बुवा र दाजुलाई घटनास्थलमा बोलाएको थियो। त्यसपछि टेलिफोनमार्फत संवादमार्फत् उनले अभिभावकसँग कुरा गरेका थिए। 

बुवा र दाजुले माग पूरा गरिदिने आश्वासन दिएर सम्झाइ–बुझाइ गरेपछि उनी सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका प्रहरीले जनाएको छ। 

उद्धारपछि उनलाई प्रहरीले अस्पताल भनाई गरेर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad