काठमाडौँ उपत्यकाबाट थानकोट हुँदै बाहिरिने सवारीसाधनलाई नागढुंगा चेकपोस्टबाट काठमाडौँतर्फ नै फर्काइएको छ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सुरक्षा स्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारी साधन सञ्चामलनमा ३ दिन रोक लगाएसँगै काठमाडौँबाट बाहिरिन लागेका सवारी साधनलाई काठमाडौँतर्फ नै फर्काउन थालिएको हो।
नागढुंगामा प्रहरीले रोकेपछि केही यात्रु प्रहरीसँग जान पाउनुपर्ने भन्दै गलफती गरिरहेका पनि देखिन्थे।
प्रहरीले भने यात्रुहरू नै सम्भावित जोखिममा नपरुन् भनेर रोक्नुपरेको भन्दै माइकिङ गर्दै काठमाडौँतर्फ नै फर्किन अनुरोध गरिररहेको देखिन्थ्यो।
यसैगरी उपत्यका भित्रिने सवारीसाधनलाई पनि ठाउँ-ठाउँमा रोकिएको छ।
पृथ्वी राजमार्ग हुँदै आउने सवारी साधनलाई तनुहुँको आबुखैरानीमा रोकिएको छ भने मुग्लिन-नारायणगढ सडकखण्ड हुँदै आउने सवारी साधनलाई चितवनमा रोकिएको छ।
काठमाडौँको नागढुंगा चेकपोस्टका केही तस्बिर–






























Shares

प्रतिक्रिया