फोटोफिचर


कुलमानद्वारा पदभार ग्रहण (तस्बिरहरू)


सरोज नेपाल
भदौ ३०, २०८२ सोमबार १५:५८, काठमाडौँ

ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। सोमबार उनले पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो। बक्यौता उठाइछाड्ने निर्णयमा पुगेका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई सरकारले हटाउनेसम्मको निर्णय गर्‍यो।

उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो। 

अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad