फोटोफिचर


प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा स्वागत (तस्बिरहरू)


सरोज नेपाल
भदौ २९, २०८२ आइतबार ११:५७, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की सिंहदरबारमा पद सम्हालेकी छन्। मुख्यसचिव एकनारायण अर्याललगायत विभिन्न मन्त्रालयका सचिव एवं कर्मचारीले स्वागत गरेका हुन्। पद सम्हाल्नुअघि लौनचौरमा पुगेर प्रधानमन्त्री कार्कीले सहिदको प्रतिमामा माल्यार्पण गरेकी थिइन्। 

शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्की शनिबार आन्दोलनका घाइते भेट्न अस्पताल पुगेकी थिइन्। सिंहदरबारमा पद सम्हाल्दै प्रधानम्त्रीले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले बताए।

आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन्। कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ। हालसम्म जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad