अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई पाकिस्तानले पनि बधाई दिएको छ।
पाकिस्तानका प्रधानमन्त्री शेहेबाज सरिफले प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाउँदै दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न तत्पर रहेको बताएका छन्।
नेपालस्थित पाकिस्तानी राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानी प्रधानमन्त्री सरिफले प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्।
प्रधानमन्त्री कार्कीले आजै मात्र सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेर कार्यभार सम्हालेकी छन्।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिसअनुसार शुक्रबार राति नै संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरिसकेका छन्।
Shares

प्रतिक्रिया