जेनजीको मंगलबार भएको प्रदर्शनबाट देशका अधिकांश सरकारी तथा निजी सम्पत्ति नष्ट भए।
सोमबार जेनजीले सुरु गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा व्यापक दमन भएपछि मंगलबार प्रदर्शनले उग्र रूप लिन पुगेको थियो।
सोमबार मात्रै प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भयो भने यस आन्दोलनका कारण हालसम्म हालसम्म ५१ जनाको मृत्यु पुष्टि भइसकेको छ।
सोमबारको उक्त दमनकै कारण मंगलबार प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो। यस क्रममा धेरै सरकारी र निजी भवनहरू खरानी भए।
यसैमध्ये काठमाडौँको बबरमहलमा रहेको सडक विभाग पनि बाँकी रहेन। आगलागीले ध्वस्त भएको विभाग ललितपुरको चाकुपाट सर्ने भएको छ।
विभागका प्रवक्ता प्रभातकुमार झाले सात दिनपछि चाकुपाटबाट सेवा सुरु गर्ने तयारी रहेको बताए।
२०७२ को भूकम्पपछि चाकुपाटबाटै काम गरिरहेको विभाग २०८० मंसिरमा बबरमहलको रेट्रोफिटिङ (प्रबलीकरण)पछि काठमाडौँ फर्किएको थियो।
१२० वर्ष पुरानो यो बबरमहल जेनजी प्रदर्शनका क्रममा आगजनीले ध्वस्त भएको छ। बबरमहलमा ३०० कोठा थिए। चन्द्रशमशेरका छोरा बबर शमशेरको आवास भएकाले भवन र ठाउँको नाम बबरमहल राखिएको थियो।
ध्वस्त बबरमहलका केही तस्बिर-














Shares

प्रतिक्रिया