जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यका लगायत देशका धेरैजसो मुख्य सहरमा आगजनी र तोडफोड भए। सरकारी सम्पत्तिदेखि लिएर नेता तथा सार्वजनिक व्यक्तित्वका निजी सम्पत्ति पनि निशानामा परे।
मुख्य दलका कार्यालय ध्वस्त भए।
सोमबार जेनजीको शान्तिपूर्ण आन्दोलनमा व्यापक दमन भएपछि भोलिपल्टको प्रदर्शनमा भड्किएको विध्वंशात्मक गतिविधिले देशलाई सन्नाटामा पुर्यायो।
पहिलो दिन १९ जनाले प्रहरीको गोली खाएर सहादत प्राप्त गरे भने हालसम्म यही आन्दोलनका कारण ३६ जनाले ज्यान गुमाएको पुष्टि भइसकेको छ।
नयाँ परिस्थितिमा पुगेको देशले लय समात्न सकेको छैन। अब देशको नेतृत्व कसमा र कसरी जाने भन्नेमा आन्दोलनरत पक्ष नै झडपमा उत्रिएका छन्।
मंगलबार दिउँसोसम्म देशको बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पार्टी नेकपा (एमाले)को च्यासलस्थित पार्टी कार्यालय त्यसै दिनको आगजनीले धूलीसात् हुन पुग्यो। नेपालखबर टोली बिहीबार दिउँसो पुग्दा पनि आगो राम्रोसँग निभेको थिएन। केही दस्तावेजसहित बचेखुचेका सामानहरू असरल्ल थिए।

























Shares

प्रतिक्रिया