कञ्चनपुरमा जेनजी आन्दोलनका क्रममा २५ वटा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरिएका छन्।
यस्तै भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ५ स्थानमा राजनीतिक दलका कार्यालयमा आगो लगाइएको छ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार १२ जना नेता तथा जनप्रतिनिधिको निजी निवासमा पनि तोडफोड र आगजनी गरिएका छन्।
भीमदत्त नगरपालिकामा ४ जनाको व्यापारिक केन्द्र तोडफोड र आगजनीका साथै लुटपाट गरिएको छ।
जिल्लाभर १६ वटा सवारीसाधन तोडफोड र आगजनी गरिएका छन्।
कहाँ-कहाँ भए तोडफोड र आगजनी?
सरकारी कार्यालय:
-जिल्ला प्रशासन कार्यालय, सामान्य आगजनी र तोडफोड
-अख्तियारको गेटमा तोडफोड
-कञ्चनपुर कारागारको गेटमा तोडफोड
-इ.प्र.का. त्रिभुवनबस्ती गेटमा तोडफोड
-इ.प्र.का.गुलरिया गेटमा तोडफोड
-सरकारी वकील कार्यालय, आगजनी र तोडफोड
-शुक्लाफाँटा नगरपालिका, तोडफोड, कुर्सी जलाएको
-शुक्लाफाटा–१, ७ र ८ का वडा कार्यालयमा आगजनी
-शुक्लाफाँटाका वडा नम्बर ४,५,६,९,१०,११ र १२ का कार्यालयमा तोडफोड
-पुनर्वास नगरपालिकाको कार्यालय, आगजनी/तोडफोड
-कृष्णपुर नगरपालिकाको कार्यालय, आगजनी/ तोडफोड
-कृष्णपुर नगरपालिका २ वडा कार्यालय, तोडफोड
-कृष्णपुर नगरपालिका १ वडा कार्यालय, तोडफोड
-कृष्णपुर नगरपालिका ५ नं. वडा कार्यालय, तोडफोड
-कृष्णपुर नगरपालिका ७ नं. वडा कार्यालय, तोडफोड
-भीमदत्त नगरपालिकाको गेटमा तोडफोड
-बेलडाँडी गाउँपालिकाको गेटमा तोडफोड
पार्टी कार्यालय
-भीमदत्त न.पा.१८ मा एमालेको पार्टी कार्यालय, आगजनी तोडफोड
-भीमदत्त न.पा.४ मा माओवादीको पार्टी कार्यालय, तोडफोड
-भीमदत्त न.पा.४ मा कांग्रेसको पार्टी कार्यालय, आगजनी तोडफोड
-दोधारा चाँदनी ४ कांग्रेसको पार्टी कार्यालयमा आगजनी
-दोधारा चाँदनी ७ मा कांग्रेस कार्यालय तोडफोड
निजी निवास
-पूर्वगृहमन्त्री रमेश लेखकको २ वटा घर, आगजनी र तोडफोड
-पूर्वमुख्यमन्त्री राजेन्द्र रावलको घर आगजनी र लुटपाट
-पूर्वमन्त्री प्रकाश रावलको घर, आगजनी र तोडफोड
-भीमदत्तका मेयर पदम बोगटीको २ घर आगजनी र तोडफोड
-भीमदत्त नगर उपमेयर निलम लेखकको घर,आगजनी तोडफोड
-एमाले पूर्वसांसद निरु पाल २ वटा घर, आगजनी र तोडफोड
-प्रदेश सभा सदस्य मधु भारतीको घर आगजनी र तोडफोड
-वेदकोटका मेयर भोजराज बोहराको घर आगजनी र तोडफोड
-भीमदत्तका पूर्वमेयर सुरेन्द्र विष्टको घर आगजनी र तोडफोड
-जिसस प्रमुख दुर्गादत्त बोहराको घर आगजनी र तोडफोड
-कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको घर आगजनी तोडफोड
-कृष्णपुर नगरका मेयर हेमराज ओझाको घर आगजनी
व्यापारिक केन्द्र
-होटेल ओपेरा र सीएमजी क्यासिनो, तोडफोड/लुटपाट
-विपिन पुस्तक पसल, आगजनी/तोडफोड
-रोयल सिलाई सेन्टर, आगजनी तोडफोड
-डायमन्ड क्यासिनो, तोडफोड/लुटपाट
सवारीसाधन
-पुनर्वास नगरपालिकाका मेयर चढ्ने कार- सु.प.प्र.०१ छ ३६७ मा आगजनी
-प्रशासकीय प्रमुख चढ्ने कार- से १ झ २३० मा आगजनी
-सु.प.प्र.०१ ब २४२० मोटरसाइकलमा आगजनी
-सु.प.प्र. ०१ २१२७ मोटरसाइकलमा आगजनी
-से १ ब २८९ मोटरसाइकल, आगजनी
-बा ९९ प १७०१ मोटरसाइकल, आगजनी
-म १ ब ६५१ मोटरसाइकल, आगजनी
-सु.प.प्र.०१००२ ग १७८ शव वाहन र दमकलमा तोडफोड
-से १ ग ९९, रोलर र से १ द १६, ट्रयाक्टरमा तोडफोड
-कृष्णपुर नगरपालिकाको कार्यालय परिसरभित्र पार्किङ गरी राखेका ३ मोटरसाइकल र २ स्कुटीमा आगजनी
Shares

प्रतिक्रिया